Techie IT
२०८२ वैशाख १९, शुक्रबार

यू-१९ महिला टी-२० विश्वकप : अस्ट्रेलियाविरुद्ध नेपालले टस हार्‍यो, सुरुमा बलिङ गर्ने


 काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । 

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङको निम्तो पाएको हो । खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । लगातार दुई खेलमा हार ब्यहोरेको नेपालमाथि जसरी पनि अस्ट्रेलियाविरुद्ध जित निकाल्नै पर्ने हुन्छ ।

अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ । किरण कुँवरको स्थानमा तृष्णा विक प्लेइङ ११ मा परेकी छिन् ।

समूह 'डी' मा रहेको नेपाल यसअघि पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो । अस्ट्रेलिया यसअघिका दुई खेलमा बंगलादेश र स्कटल्याण्डलाई हराउँदै ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ । यो समूहबाट तीन टिम सुपर सिक्समा प्रवेश गर्ने भएकाले पनि नेपालले अस्ट्रेलियालाई भारी अन्तरले पराजित गरेमा अघिल्लो चरण प्रवेशको सम्भावना रहन्छ । त्यसैले पनि नेपालसँग जितको विकल्प छैन ।

सुपर सिक्समा पुग्न नेपालले अस्ट्रेलियालाई हराएर मात्रै पुग्दैन । यही समूहको अर्को खेलमा बंगलादेशले स्कटल्याण्डलाई पराजित गर्नुपर्ने हुन्छ । त्यसो हुँदा नेपाल सुपर सिक्मा पुग्नेछ । तर, अस्ट्रेलियामाथि जित निकाल्न भने नेपाललाई सहज भने छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट