Techie IT
२०८२ वैशाख ९, मंगलबार

कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा


काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ । 

प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी प्रदेशविरुद्ध ९ विकेटको जीत निकालेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गरेको हो ।

पछिल्लो जितसँगै ३ खेलमा ४ अंक जोडेको आर्मीले समूह  ‘बी’ बाट सुपार फोरमा स्थानसमेत सुरक्षित गरेको छ । पहिलो पराजय बेहोरेको कोशीको पनि ४ अंक नै जोडन सफल छ ।

यसअघि मधेश प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो भने कोशीले बागमती र मधेशलाई पराजित गरेर आर्मीसँग भिडन आइपुगेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट