अछाममा एमाले शून्य उन्मुख, अधिकांश नेता भीम रावलको अभियानमा समाहित
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलको गृहजिल्ला अछाममा नेकपा (एमाले) शून्य उन्मुख भएको छ ।
ठूलो पंक्ति एकाएक रावलको अभियानमा समाहित भएपछि उक्त जिल्लामा एमाले शून्य उन्मुख भएको हो ।
८३ भन्दा बढी सक्रिय सदस्यले एमाले परित्याग गरी रावलको अभियानमा समाहित भएपछि अछाममा एमाले शून्य हुने सम्भावना छ । उनीहरूले आज (सोमाबार) पत्रकार सम्मेलन गरेर औपचारिकरूपमा एमाले परित्याग गरेको घोषना गर्ने बताएका छन् ।
रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानलाई सघाउने उनीहरूको भनाइ छ । गत पुस १० मा एमालेले रावललाई संगठित सदस्यबाट निष्कासन गरेको थियो ।
त्यसलगत्तै उनले मातृभूमि जागरण अभियानको घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस