अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि लगाइएको प्रतिबन्धलाई केही समयका लागि स्थगित गरेका छन् । यससँगै अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ ।
अमेरिकामा झन्डै १७ करोड टिकटक प्रयोगकर्ता रहेका छन् । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै कार्यकारी आदेशमार्फत टिकटकलाई अस्थायी राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ। आइतबार, केही घन्टापछि टिकटकले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै आफ्नो सेवा पुनः सुचारु भएको जानकारी दिएको थियो । कम्पनीले टिकटक सञ्चालनका लागि राष्ट्रपति ट्रम्पसँग सहकार्य गर्न तयार रहेको पनि बताएको छ ।
संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो मातृकम्पनी बाइटडान्सको शेयर बेच्न आदेश दिएको थियो । यसैबीच, आइतबार अमेरिकाका अधिकांश उपभोक्ताका फोनमा टिकटकले काम गर्न छाडेको थियो । सरकारी प्रतिबन्ध लागू हुनु अघिनै टिकटकले सूचना जारी गरी एप्लिकेशन अस्थायी रूपमा बन्द गरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस