आजको राशिफल (माघ ७ गते)
आज विक्रम संवत २०८१ साल माघ ७ गते, सोमबार । ईश्वी सन् २०२५ जनवरी २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३३ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसाय र लगानीमा लाभदायक दिन छ । आर्थिक स्थितिमा सुधार आउनेछ भने आफन्त र शुभचिन्तकसँगको समयले मन प्रसन्न हुनेछ । दाम्पत्य जीवनमा प्रेम र समझदारी बढ्नेछ । अध्ययनमा नयाँ प्रविधिको प्रयोगले सफलता मिल्नेछ ।
वृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)
आज बोल्दा र व्यवहार गर्दा विशेष ध्यान पुर्याउनुहोला । बुद्धिमान व्यक्तिसँगको छलफलले मार्गदर्शन गर्नेछ। व्यापारमा साझेदारीले फाइदा पुग्नेछ । वैदेशिक क्षेत्रमा लगानी गर्ने योजनामा लाभदायक समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शिक्षामा प्रगति हुने योग छ । नयाँ आयामका शिक्षामा चासो बढ्नेछ । दुई पाङ्ग्रे सवारीमा यात्रा गर्दा सचेत रहनुहोला । परिवारका सुझावलाई प्राथमिकतामा राख्नाले लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यमा अवरोध आउने सम्भावना छ । बिहान शिव भगवानको पूजा गरेमा मानसिक शान्ति प्राप्त हुनेछ । गुरुकै सल्लाहमा अघि बढ्नाले जटिलताबाट मुक्ति मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
संयुक्त लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँगको समयले नयाँ ऊर्जा दिनेछ । अध्ययनमा केन्द्रित हुँदा लक्ष्य प्राप्त गर्न सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक कार्यक्रमले मन शान्त हुनेछ । परिवारको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। विपक्षी कमजोर भएकाले आफ्नो पक्ष बलियो रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पूर्ण चन्द्रमाको प्रभावले शिक्षा र करियरमा सकारात्मक ऊर्जा मिल्नेछ । नयाँ अवसरहरू फेला पर्नेछन्। लामो यात्रा नगर्नु उपयुक्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य जीवन सुखमय हुनेछ। शिक्षामा सुधार आउनेछ । धार्मिक कार्यमा सहभागी हुँदा आत्मिक शान्ति मिल्नेछ । पश्चिमको यात्रा टार्न सकेमा राम्रो हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
थोरै बोलेर धेरै जित्न सकिने दिन छ । स्वास्थ्यमा सुधार आउनेछ। बोल्दा सन्तुलन कायम गर्नुहोला। बौद्धिक क्षेत्रका व्यक्तिसँगको मतभेदलाई शान्त राख्न प्रयास गर्नु उचित हुनेछ ।
मकर (भो, जा, वि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
सञ्चित धनको सदुपयोग गर्न सकिनेछ । शिक्षा र व्यवसायमा मेहनत गरे फाइदा हुनेछ । गोपनीय काममा सतर्क रहनु उपयुक्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शिव भगवानको पूजा गरी दिन सुरु गर्दा मन हल्का हुनेछ । स्वास्थ्य र अध्ययनमा सुधार आउनेछ। धार्मिक कार्यमा समय खर्चिँदा आत्मसन्तुष्टि प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
पश्चिमतर्फको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको सुझावले सहि निर्णय गर्न सकिनेछ । अध्ययनमा थप मेहनतले लक्ष्यमा पुग्न सहज हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस