Techie IT

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोट: मृतक सङ्ख्या ८६ पुग्यो


नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।     
    
नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीले भन्नुभयो,“ट्याङ्कर विस्फोटबाट मृत्यु हुनेको अन्तिम सङ्ख्या ८६ पुगेको छ ।”     
    
“हामीले हिजो दिउँसो १२ बजेदेखि आज दिउँसो २ बजेसम्म ८६ जलेका शवलाई गाड्यौं । हामीलाई शव गाड्न १४ घण्टा लाग्यो किनभने हामीले खन्नेहरू पाउन सकेनौं र म्यानुअल रूपमा सामूहिक चिहान खन्न स्थानीयहरूलाई बोलाउनुप¥यो । अन्य ५२ जना विस्फोटबाट गम्भीर जलेको छ ।”     
    
सङ्घीय राजधानी कादुनासँग जोड्ने सडकमा डिक्को जंक्शनमा विस्फोट भएको हो । सन् २०२३ मा राष्ट्रपति बोला टिनुबुले इन्धन सब्सिडी समाप्त गर्नुभयो, जसले खाना र यातायात लागत बढेको छ ।     
    
“इन्धन ट्याङ्कर विस्फोटमा राष्ट्रपतिले गहिरो दुःख व्यक्त गर्नुभयो । साथै, इन्धनको गम्भीर जोखिम र वातावरणीय खतराहरूको बारेमा जनचेतना जगाउन राष्ट्रिय अभियानको लागि उनले आदेश दिए ।”     
    
अक्टोबरमा, उत्तरी नाइजेरियाको जिगावा राज्यमा यस्तै दुर्घटनामा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।     
    
सन् २०२० मा, फेडरल रोड सेफ्टी कोप्र्सले एक हजार ५३१ इन्धन ट्याङ्कर दुर्घटनाहरू सूचीबद्ध गरेको छ, जसले ५३५ भन्दा बढीको ज्यान लियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट