Techie IT

एप्पलको आइफोन १६ सिरिज सार्वजनिक


एप्पलले आफ्नो वार्षिक कार्यक्रममा आइफोन १६ का विभिन्न मोडलहरू, एप्पल वाच, एअरपड्स, आइप्याड, र म्याकबुकका नयाँ मोडलहरू सार्वजनिक गरेको छ। क्यालिफोर्नियास्थित एप्पल मुख्यालयमा 'इट्स ग्लोटाइम' नाम दिइएको यो कार्यक्रममा, कम्पनीले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि 'एप्पल इन्टेलिजेन्स' को प्रस्तुति पनि गरेको थियो।

यो प्रविधि आइफोन १६ लगायतका नयाँ र केही पुराना उत्पादनहरूमा कसरी काम गर्छ भन्ने बारेमा जानकारी दिइएको थियो। कार्यक्रममा एप्पल वाच र एयरपड्समा गरिएको सुधार र अपडेटहरूको बारेमा पनि जानकारी गराइयो, जसले विशेषत: श्रवणशक्ति कमजोर भएकाहरूलाई अझ पहुँचयोग्य बनाउने उद्देश्य राखेको छ।

एप्पल इन्टेलिजेन्स प्रविधि समाहित हुने पहिलो प्रोडक्टका रूपमा आइफोन १६ सिरिजअन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो, र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गरिएको छ। यस प्रविधिको घोषणा गत जुनमा भएको वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्स कार्यक्रममा नै गरिएको थियो।

आइफोन १६ मोडलहरूमा नयाँ ए१८ प्रो चिप समावेश गरिएको छ, जसमा दोस्रो पुस्ताको ३-नानोमिटर ट्रान्जिस्टर र १६-कोर न्युरल इन्जिन राखिएको छ। यो विशेषगरी जेनेरेटिभ एआईसम्बन्धी प्रयोजनका लागि डिजाइन गरिएको हो, जसले डिभाइसको सिस्टम मेमोरी ब्यान्डविथमा १७ प्रतिशतले वृद्धि गर्ने बताइएको छ।

आइफोन १६ मा ४८-मेगापिक्सेलको फ्युजन क्यामरा, टेलिफोटो सुविधा, र १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न सकिने सुविधा पनि उपलब्ध छ। मूल्यको कुरा गर्दा, आइफोन १६ को मूल्य ७९९ डलर, आइफोन १६ प्लसको ८९९ डलर, आइफोन १६ प्रोको ९९९ डलर, र प्रो म्याक्सको मूल्य ११९९ डलरबाट सुरु हुन्छ।

शुक्रबारबाट अग्रिम अर्डर गर्न सकिनेछ, र एप्पल इन्टेलिजेन्स सुविधा अहिलेका लागि बेटा भर्सनमा मात्रै उपलब्ध हुनेछ, जुन अर्को महिनादेखि मात्र आइफोनको डिजिटल भ्वाइस एसिसेन्ट सिरिमा प्रयोग गर्न सकिनेछ।आइफोनहरुको मूल्य निम्नासार छ । तर, हरेक देशमा आइफोनको मूल्य फरक पर्न सक्छ । 
आइफोन १६: $799
आइफोन १६ प्लस: $899
आइफोन १६ प्रो: $999
आइफोन १६ प्रो म्याक्स: $1,199



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट