आजको राशिफल (माघ ५)
आज २०८१ साल माघ ५ गते शनिबार माघ कृष्ण पक्षको पञ्चमी तिथि ।
समय र तिथी:
विक्रम संवत: २०८१ साल, माघ ५ गते, शनिबार
ईश्वी सन्: २०२५ जनवरी १८
नेपाल संवत्: ११४५
तिथी: माघ कृष्णपक्ष, पंचमी
नक्षत्र: पूर्वाफाल्गुनी, दिउँसो ३:२१ बजेपछि उत्तराफाल्गुनी
योग: शोभन, राति २:०१ बजेपछि अतिगण्ड
सूर्योदय: बिहान ६:५७ बजे
सूर्यास्त: बेलुकी ५:३१ बजे
रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल ।
मेष:
पढाइमा प्रगति हुनेछ । शत्रु र रोगबाट छुटकारा पाइनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । सामाजिक सञ्जालको माध्यमबाट आफ्ना विचार जनमानसमा पुर्याउन सकिनेछ ।
वृष:
आमाको सहयोगले ठूलो उपलब्धि हात पर्नेछ । घरजग्गा खरिद विक्रीबाट फाइदा हुनेछ । राजनीति र सामाजिक काममा प्रतिष्ठा बढ्नेछ ।
मिथुन:
बन्द व्यापारमा समय खर्चिए पनि आम्दानी न्यून हुनेछ । छोटो दुरीको रमाइलो यात्रा हुनेछ । भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ ।
कर्कट:
वाणीको प्रभावले राम्रा काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ। माया प्रेममा नजिक हुने समय रहेको छ ।
सिंह:
नयाँ प्रविधिको प्रयोग गरी व्यापार विस्तार गर्न सकिनेछ । पारिवारिक घुमघामको अवसर प्राप्त हुनेछ । राजनीति र समाजसेवामा समय फलदायी हुनेछ ।
कन्या:
लामो दुरीको यात्रा हुने सम्भावना छ । अध्ययन र विदेशमा बसेका व्यक्तिका लागि दिन लाभदायक रहनेछ ।
तुला:
आफन्तसँग सामान्य मनमुटाव हुनसक्छ । धार्मिक यात्राको सम्भावना छ। व्यापारबाट फाइदा हुनेछ ।
वृश्चिक:
आर्थिक पक्ष कमजोर रहनेछ । आलोचनाको सामना गर्नुपर्नेछ । साझपख शुभकार्यमा सहभागी भई रमाइलो समय बिताउन सकिनेछ ।
धनु:
धार्मिक यात्राको अवसर जुर्नेछ । नयाँ योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । थोरै लगानीबाट पनि राम्रो लाभ लिन सकिनेछ ।
मकर:
पुराना लगानी उठ्नेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । व्यापार फस्टाएर जानेछ ।
कुम्भ:
साझेदारी व्यापारबाट नाफा हुनेछ । पारिवारिक यात्रा रमाइलो हुनेछ । वैवाहिक सम्बन्धमा सामिप्यता बढ्नेछ ।
मीन:
स्वास्थ्यमा समस्या आउन सक्छ । अध्ययनमा मन नजाने सम्भावना छ । साझपख रमाइलो यात्राको सम्भावना छ ।
तपाईको प्रतिक्रिया दिनुहोस