Techie IT

सत्तारूढ एमाले संसदीय दलको कार्यालयमा प्रतिपक्षी माओवादी र रास्वपाका सचेतक


काठमाठडौं । सिंहदरबारस्थित सत्तारूढ नेकपा (एमाले) संसदीय दलको कार्यालयमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूका प्रमुख सचेतक छलफलमा जुटेका छन् । 

आज (शुक्रबार) बिहान ११ बजेदेखि छलफल सुरु गरेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनीहरूले संसद्को कार्यसम्पादन र कारबाहीबारे छलफल गरिरहेका छन् । कांग्रेस–एमाले नेतृत्वको सरकारले हिउँदे अधिवेशन आह्वान गर्नुको साटो अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरिरहेको बेला सत्ता र प्रतिपक्षी दलका सचेतक छलफलमा जुटेका हुन् । 

हिउँदे अधिवेशन माघ पहिलो साता बस्ने भनिए पनि हालसम्म सरकारले त्यसको तयारी गरेको छैन । बरु प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत सत्ता चलाइरहेका छन् । 
यसको चौतर्फी विरोध भएको छ । सचेतकहरूले संसद् अधिवेशन आह्वान गर्नेबारे छलफल गरिरहेका छन् ।   

छलफलमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार उपस्थित छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट