Techie IT
२०८२ वैशाख ८, सोमबार

यी स्थानमा हिमपात र वर्षाको सम्भावना


हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको असरले देशका अधिकांश भागमा मौसम आंशिकदेखि साधारणतया बदली देखिएको छ । विशेषगरी पहाडी र हिमाली भूभागमा यसको प्रभावले जनजीवन प्रभावित गर्न सक्ने सम्भावना छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ भने हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभिन्न प्रदेशको अवस्थाः

कोशी प्रदेश: हिमाली क्षेत्रमा आंशिक बदलीसहित एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराई र पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ ।

मधेस प्रदेश: दिउँसो र राति दुबै समयमा आंशिक बदली रहने सम्भावना कायम छ ।

बागमती प्रदेश: हिमाली क्षेत्रमा आंशिक बदलीसहित एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश: थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश: दिनभर सामान्य बदली रहनेछ। एक-दुई स्थानमा हल्का वर्षा र पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश : यी क्षेत्रका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका स्थानहरूमा हिमपात हुने भएकाले यातायात, पर्यटन, र हवाई उडानमा समस्या आउन सक्छ । तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने भएकाले सडक तथा हवाई यात्रामा सतर्कता अपनाउन सुझाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट