Techie IT

देउवाले प्रधानमन्त्री ओली सरकारका मन्त्री र कांग्रेस सांसदहरूलाई बोलाए बूढानीलकण्ठ


काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा मन्त्री र सांसदहरूलाई बोलाएका छन् । 

उनले भोलि (बिहीबार) बिहान ८ः०० बजे आफ्नै निवासमा कांग्रेसबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्री र आफ्नो पार्टीका सांसदहरूलाई बोलाएका हुन् । 

देउवाले कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्यसमितिको बैठकसमेत बोलाएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । 

उपप्रधानसहित १० जना मन्त्री र २ राज्यमन्त्री कांग्रेसको तर्फबाट ओली सरकारमा छन् । उनीहरूलाई पनि बैठकमा बोलाइएको घिमिरेले बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट