Techie IT
२०८२ वैशाख ७, आइतबार

विभिन्न स्थानमा चारजनाको शव फेला


नेपालका विभिन्न स्थानमा बुधबार चारजनाको शव फेला परेको छ।

रौतहटको ईशनाथ नगरपालिका–८ का ६९ वर्षीय शेख बसिर राजपुर नगरपालिका–६ बस्दै आएका थिए । उनी ईशनाथ–८ कुडिया पुलस्थित खोलामा मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थित सुपादेउराली होटलमा काम गर्ने गुल्मीका २५ वर्षीय रामप्रसाद पन्थ तिनाउ खोलामा मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० बाहुनीटोल बस्ने मेनकला राईको गोठमा ओखलढुंगाका ४२ वर्षीय सुभाष राई मृत अवस्थामा भेटिएका छन् ।

त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–२२ तिलाहारमा डेरा गरी बस्ने उदयपुरकी ४० वर्षीया अनिता क्षेत्री आफ्नै कोठामा मृत फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान जारी रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट