रवि लामिछाने धरौटीमा रिहा
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी बचत अपचलन अभियोगमा रविविरुद्ध अभियोजन दायर भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस