समाजवादी मोर्चाले काठमाडौंमा भव्य कार्यक्रम गर्ने
काठमाडौं । समाजवादी मोर्चाकोले काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले आगामी माघ १६ गते कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मोर्चामा आवद्ध दलहरू आ–आफ्नो पार्टीको आन्तरिक कार्य व्यस्तताले मोर्चा केही समय निष्क्रिय भएको बताए ।
उनले ‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने निर्णय गरेको बताए ।
नेकपा (माओवादी केन्द्र)को आह्वानमा समाजवादी मोर्चाको बैठक आलोकनगरमा बसेको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड,’ एकीकृत समाजवादीका अध्यक्ष माधपकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव,’ प्रवक्ता विश्वकर्मा र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव लगायतका शीर्ष नेताहरू उपस्थित थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस