Techie IT

थुनछेक बहस सकियो, आदेशको पर्खाइमा रवि


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । सोमबारबाट जारी बहस बुधबार सकिएको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोजनमा उनले आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिएका थिए । उनको बयान आइतबार नै सकिएको थियो । 

बयान सकिएको भोलिपल्ट अर्थात् सोमबारदेखि थनछेक बहस सुरु भएको थियो । मंगलबार माघी पर्व परेको र सार्वजनिक बिदा भएकोले बुधबारलाई बहस सारिएको थियो । 

बुधबारको बहस पनि सकिएको छ । रविको विपक्षमा ११ जना वकिलले बहस गरेका थिए भने पक्षमा दुई जनाले गरेका थिए । 

आइतबारदेखि सरकारी वकिल, जाहेरकर्ताका कानुनव्यवसायी, रविका पक्षको बहस र सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाइ सकिएको हो ।

सरकारी वकिलहरूको जवाफी बहसपछि रविले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाइ सकिएको जानकारी गराए । 

आदेश बुधबार नै आउने जनाइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट