सरकारविरुद्ध मोर्चाबन्दीको तयारीमा विपक्षी दलहरू, संयुक्त बैठकमार्फत रणनीति तय गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को आह्वान विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । आज (बुधबार) बिहान ९ः३० बजेबाट सिंहदरबारमा बैठक बसेको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), आम जनता पार्टी (आजपा), नेपाल समाजवादी पार्टी (नेसपा)का शीर्ष नेताहरू उपस्थित छन् ।
सरकारविरुद्ध प्रतिपक्षीले संयुक्त मार्चा बनाउने तयारी गरिरहेको बुझिएको छ । मोर्चाका माध्यमबाट सरकारविरुद्ध उभिउने उनीहरूको रणनीति छ । यसबारे प्रतिपक्षी दलहरूले सघन छलफल गर्दैछन् ।
सरकारले हिउँदे अधिवेशन आह्वान गर्न ढिलाइ गरेको भन्दै सत्ता र प्रतिपक्षी दलका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले संसद् बन्धक बनाएर अध्यादेशमार्फत सरकार चलाउन खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने बुझिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस