सहकारी छानबिन समिति अर्थमन्त्री र गभर्नरसँग छलफल गर्दै

सहकारी संस्थामा बचत रकम दुरुपयोगको छानबिन गर्दै आएको संसदीय विशेष समितिले आइतबार अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्ने छ।
समितिले दिउँसो १ बजे अर्थमन्त्री र गभर्नरसँग सहकारी क्षेत्रका समस्याको समाधान, सरकारी कदम र सहयोगको बारेमा छलफल गर्ने योजना बनाएको छ।
समितिले हालसम्म विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै सहकारी समस्याहरूको विश्लेषण गर्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस