रविको विपक्षमा ११ जना सरकारी वकिल, पक्षमा २ जनाले बहस गर्दै, २ घण्टामा सक्न निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
आज (सोमबार) बिहान ११ः०० बजेदेखि बहस सुरु भएको हो ।
हिजो (आइतबार) बयान लिएका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज पनि बहस हुँदैछ ।
रविको विपक्षमा जिल्ला सरकारी वकिल कार्यालयका ११ जना वकिलले बहस गर्दैछन् भने उनको पक्षमा दुई जना वकिलले बहस गर्दैछन् ।
बहसका लागि रवि पक्ष र विपक्षका वकिलहरूलाई १÷१ घण्टा समय उपलब्ध गराइएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा रविविरुद्ध अभियोजन दायर भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस