Techie IT

रविको थुनछेक बहस जारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ ।

उनको बयान दिउँसो १ः०० बजेबाट सुरु भई ३ः०० बजे सकिएको थियो भने बहस साढे ३ बजेबाट सुरु भएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरण मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर रविले बयान दिएका थिए ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविले बयान सकिएलगत्तै थुनछेक बहस पनि सुरु भएको अदालतले जनाएको छ ।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा रवि काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट