सरकारले अध्यादेश ल्याएकोमा कांग्रेस असन्तुष्ट
काठमाडौं । कांग्रेस–एमाले नेतृत्वको सरकारले संसद्लाई बन्धक बनाएर अध्यादेश ल्याएकोमा कांग्रेस नेताले असन्तुष्टि जनाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले दुईतिहाइ सरकारले अध्यादेशमार्फत कानुन बनाउनु उपयुक्त नभएको बताएका छन् ।
बहुमत हुँदा पनि संसद् बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी आलोचना भएको भन्दै तत्काल संसद् सञ्चालन आग्रह गरे ।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका साउदले यस्तो बताएका हुन् ।
‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐनहरू निर्माण बनाइरहेको छ, जुन संविधानसंवत छैन । यसको विषयमा चौतर्फी विरोध भइरहेका छन् । यसले राम्रो सन्देश गइरहेको छैन,’ साउदले भने ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस