सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ४५ रुपैयाँ कायम रहेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस