Techie IT

आजको राशिफल


आज २०८१ साल पुस २८ गते आइतबार, सन् २०२५ जनवरी १२। पुस शुक्ल पक्षको चतुर्दशी तिथि।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दिन राम्रो छ। विवेकपूर्ण बोली प्रयोग गर्नुहोस्। सहकार्यबाट लगानी गरेमा लाभ हुनेछ। दाजुभाइसँगको सहकार्यले सफलता दिलाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। शिक्षामा प्रयास सफल हुनेछ। काम पूरा गर्न थप मेहनत गर्नुपर्ला। साथीभाइको सहयोग प्राप्त हुनेछ। माताको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ, खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग: निलो।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) 
धनलक्ष्मी योग परेकाले सम्पत्तिको सही उपयोग गर्नु बुद्धिमानी हुनेछ। राज्यको तर्फबाट सामाजिक सेवाको अवसर मिल्न सक्छ। शिक्षामा थप मेहनत गर्न आवश्यक देखिन्छ। साथीहरूको आलोचनाबाट सचेत रहँदै काम गर्नु राम्रो हुनेछ। प्रशंसनीय कामले वरिष्ठ अधिकारीहरूको प्रशंसा पाउनेछ। युवा वर्गले आफ्नो करियरप्रति केही चिन्ता महसुस गर्न सक्छन्। नयाँ सम्पर्कहरू स्थापना हुनेछन्। आफन्तहरूको साथ र सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग: निलो।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) 
तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त र स्थिर रहनेछ। औषधि नियमित गर्न नसक्दा स्वास्थ्यमा समस्या देखिन सक्छ, त्यसैले सावधान रहनुहोस्। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना छ। अनावश्यक काममा समय र ऊर्जा खर्च नगर्नु राम्रो हुनेछ। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द लिन पाउनुहुनेछ। आजको शुभ रंग: हरियो।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) 
दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। पश्चिमतर्फको लामो यात्रा टार्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। धार्मिक सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ। यात्रामा केही कठिनाइ सामना गर्नुपर्ने हुन सक्छ, त्यसैले सावधान रहनुहोस्। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। वैदेशिक रोजगारबाट लाभ प्राप्त हुने सम्भावना छ। तर, सरकारी काममा केही अवरोध आउन सक्छ। आजको शुभ रंग: सेतो।

सिंह (मा,मि,मृु,मे,मो,टा,टी,टु,टे) 
आम्दानी राम्रो हुनेछ। लगानीमा सचेत रहनुहोस्। शिक्षामा सफलता मिल्नेछ। सरस्वतीको स्मरणले प्रगति हुनेछ। परिवारको सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। नयाँ कार्यका लागि योजना तयार हुनेछ। वरिष्ठहरूको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग: रातो।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) 
कृषि व्यापारमा घाटा हुन सक्छ। राज्यका तर्फबाट केही जोखिमको सम्भावना छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापार व्यवसायमा पिताको सहयोग प्राप्त हुनेछ। रोकिएको कार्य अघि बढ्नेछ। कारोबारमा उतार-चढाव आउन सक्छ, धैर्य राख्नुहोस्, समय अनुकूल छ। आजको शुभ रंग: खैरो।

तुला (रा,री,रु,रे,रो,ता,ति,तु,ते) 
शिक्षामा गरेको लगानी लाभदायक हुनेछ। कुरा भन्दा काममा ध्यान दिनुहोस्। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बनाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक स्थलको भ्रमणको योग छ। आजको शुभ रंग: निलो ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू)  
पश्चिमतर्फको लामो यात्रा टार्नु राम्रो हुनेछ। खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ। चिसोबाट बच्ने उपाय अपनाउनुहोस्। बिहान पिपलको दर्शन गरेमा मन शान्त रहनेछ। आफन्तको स्वास्थ्यका लागि धन खर्च गर्नुपर्ने सम्भावना छ। विदेशमा बसोबास गर्नेहरूलाई शुभ समाचार प्राप्त हुनेछ। न्यायिक मामिलामा अवरोध आउन सक्छ। आजको शुभ रंग: केसरी।

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) 
दिन सामान्य राम्रो रहनेछ। बोली र व्यवहारमा एकरूपता राख्दा काम दीर्घकालीन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त भएकाले काम सहज हुनेछ। परिवारसँग सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य र धनमा लाभ हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। साझेदारी व्यापारबाट फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिको सहयोगले राजपक्ष वा प्रशासनसँग अड्केको काम सम्पन्न हुनेछ। आजको शुभ रंग: हरियो।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) 
दिन सामान्य छ। अप्रिय शब्द सुन्नु पर्दा मन खिन्न हुन सक्छ। शिक्षामा प्रयास ढिलो भए पनि सफल हुनेछ। ठूलो लगानी गर्नुपरेमा सहकर्मी वा परिवारको साथ लिनु लाभदायक हुनेछ। ऋणको लेनदेनबाट टाढा रहनुहोस्। कार्यक्षेत्रमा सफलता मिल्नेछ। सरकारी नोकरीमा विवादास्पद काममा समय खर्च हुनसक्छ। आजको शुभ रंग: निलो।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)  

शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक कार्यमा सहभागी भइ दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूको सहयोग प्राप्त हुनेछ, साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। धार्मिक क्रियाकलापमा मन जानेछ। सोचलाई दूरदर्शी राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग: बैजनी

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) 
खानपानमा ध्यान नदिदा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रमा लगानी गर्दा घाटा हुन सक्छ, त्यसैले खर्च कटौती गर्नु आवश्यक छ। शनि दशालाई शान्त बनाउन बिहान गणेशलाई दूबो चढाउनु राम्रो हुनेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। आटेको कार्य पूरा गर्न थप मेहनत गर्नुपर्नेछ। इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ। माताको स्वास्थ्यप्रति चिन्ता हुनेछ, खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग: निलो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट