संविधान संशोधनको अभिव्यक्तिले सत्ता गठबन्धनमा परकम्प, गाडी हुँइक्याएर राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न केहीबेर अघि शीतल निवास पुगेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका थिए । उनले २०८७ भन्दा अघि संशोधन हुन नसक्ने बताएका छन् ।
उक्त अभिव्यक्तिलाई लिएर कांग्रेस महामन्त्रीले ७ बुँदे सहमतिमाथि धोका हुने संकेत गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस