Techie IT

समाजवादी मोर्चालाई क्रियाशिल बनाउन प्रचण्ड र माधव तत्पर, विप्लवको बेवास्था


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता हुँदैछ । 

भटवार्ताको क्रममा समसामयिक राजनीति र समाजवादी मोर्चालाई क्रियाशिल बनाउने विषयमा छलफल हुने दुवै पक्षले जानकारी दिएको छ । 

लामो समयदेखि निष्क्रियजस्तै भएको उक्त मोर्चालाई पुनः क्रियाशिल बनाउन दुवै अध्यक्ष तयार भएका छन् । तर, समाजवादी मोर्चाको नेतृत्व गर्दै आएका विप्लवले खासै चासो देखाएका छैनन् । 

शुक्रबार दिउँसो ३ बजे सिंहदरबारमा दुई अध्यक्षबीच भेटवार्ता हुने एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । 

प्रचण्ड  र नेपालको बिहीबार पनि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेट भएको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट