Techie IT

आजको राशिफल यस्तो छ


विक्रम संवत २०८१ साल, पौष २६ गत, शुक्रबार । ईश्वी सन् २०२५ जनवरी १० तारिख । नेपाल संवत् ११४५ ।

आजको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आफन्तहरूको साथ सहयोग मिल्नेछ। आजको शुभ रंग वैजनि । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । लामो दुरीको सांगितिक यात्राको योग रहेकोछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) 

चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । साँझको समय मित्रहरूसँग घुमफिरमा बित्नेछ। अध्ययन अध्यापनमा विद्यार्थीहरूलाई सफलता मिल्नेछ। आजको शुभ रंग सेतो ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) 

न्यून पारिश्रमिकले मन खिन्न हुनेछ। काममा सावधानी अपनाउनुहोस्, नत्र जरिवाना तिर्नुपर्ला। पढाइमा मन नजाँदा पछि परिनेछ। माया प्रेममा विवाद बढ्नेछ। नोकरीमा प्रभाव बढ्ने र नयाँ जिम्मेवारी पाइनेछ। व्यापारमा आयका नयाँ स्रोत खुल्नेछन्। शुभ रंग सिन्दूरी।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) 

विशिष्ट व्यक्तिहरूको विचारले प्रेरणा मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सफलता पाइनेछ। तरल पदार्थ, खाद्यान्न, पहिरन, र हाइड्रोपावरमा लगानी फस्टाउनेछ। शिक्षासम्बन्धी कार्यले राम्रो आम्दानी दिनेछ। भ्रमणको योजना बन्नेछ। कार्यक्षेत्रमा मान्यजनको सहयोग प्राप्त हुनेछ। शुभ रंग पहेलो।

सिंह (मा,मि,मृु,मे,मो,टा,टी,टु,टे) 

मांगलिक कार्यक्रममा सहभागी भई मिष्टान्न भोजनको अवसर मिल्नेछ। काम समयमा सकिँदा उत्साह बढ्नेछ। सहयोगीहरूबाट आर्थिक लाभ र उपहार प्राप्त हुनेछ। रोकिएका कामहरू सुरु हुँदा मन खुशी हुनेछ। व्यापारमा सहकर्मीहरूको साथ नमिल्ला। शुभ रंग हरियो।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) 

समस्या समाधान भई उपलब्धिमूलक काम हुनेछ। अध्ययन र व्यापारमा प्रगति हुनेछ। माया प्रेममा विश्वास बढ्नेछ। धार्मिक र पारिवारिक यात्रा रमाइलो हुनेछ। कृषि र स्वास्थ्यले लाभ दिनेछ। शुभ रंग निलो।

तुला (रा,री,रु,रे,रो,ता,ति,तु,ते) 

स्वास्थ्य बिग्रनसक्छ, खानपानमा ध्यान दिनुहोस्। राजनैतिक दबाब र नोकरीको खिचातानीले तनाव बढ्नेछ। जग्गा कारोबारले आर्थिक समस्या समाधान गर्न नसक्ला। अनावश्यक खर्च र भौतिक सम्पत्तिको प्रयोगमा सतर्क रहनुहोस्। आफन्तको असहयोगले मन खिन्न हुन सक्छ। व्यापारमा अपेक्षा अनुसार प्रगति नहुन सक्छ। शुभ रंग सिन्दुरी।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू)  

पारिवारिक यात्रामा रमाइलो हुनेछ। माया प्रेममा सामीप्यता बढ्नेछ। विलासी सामानको खरिद-बिक्रीबाट लाभ हुनेछ। व्यापारमा नाफा मिल्नेछ। रमाइलो जमघटमा भोजनको आनन्द लिने अवसर पाइनेछ। नोकरीमा अप्ठ्यारो सहज बन्नेछ। शुभ रंग निलो।

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) 

व्यवसायमा लगानीले लाभ मिल्नेछ। प्रतिस्पर्धामा सफलता पाई मन खुशी हुनेछ। रमाइलो यात्रा र आफन्तसँगको भेटले उत्साह बढाउनेछ। प्रणयमा विश्वास बढ्दै सम्बन्ध टिक्नेछ। अध्ययन र कार्यक्षेत्रमा सफलता मिल्नेछ। उच्च पदस्थ व्यक्तिबाट सहयोग हुनेछ। शुभ रंग सेतो ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) 

आजको समय राम्रो छ, थोरै समयमा उपलब्धि मिल्नेछ। आर्थिक अवस्था उत्तम रहनेछ र चिट्ठाबाट धन प्राप्ति हुनेछ। पढाइसँग सम्बन्धित लामो यात्रा हुनेछ। व्यापार फस्टाउनेछ र नोकरीमा पदोन्नति पाइनेछ। सन्तान र आफन्तको सहयोगले खुशी मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रशासन र राज्यबाट सहयोग मिल्नेछ। शुभ रंग केसरी ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)  

कुम्भ राशिको लागि आज मन खिन्न हुने सम्भावना छ, खासगरी टाढाको यात्रा गर्दा। माया प्रेममा सामान्य मनमुटाब हुन सक्छ। सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोस्। घरजग्गा र माटोसँग सम्बन्धित कामबाट थोरै लाभ मिल्नेछ। कृषि र पशुपालनमा आधुनिकिकरणले नाफा ल्याउनेछ। 

परिवारसँग रमाइलो समय बित्नेछ र सामाजिक जीवनमा सम्मान बढ्नेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। घरपरिवारमा भाइबहिनीहरूको सहयोगले खुशी मिल्नेछ। राज्यपक्षबाट सहयोग पाइनेछ। विद्यार्थीहरूको बौद्धिक प्रगति हुनेछ। शुभ रंग हरियो।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) 

सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । दाजुभाई तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।

कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। बच्चाहरुलाई मौसमी बिमारीदेखि जोगाउनुहोस्। कार्यमा रुचि बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट