प्रचण्ड र माधवबीच भेटवार्ता, के भयो कुरा ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
भेटको क्रममा संसद्को अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरतालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष प्रचण्डसहित उपमहासचिव वर्षमान पुन ‘अनन्त’ र एकीकृत समाजवादीका अध्यक्ष माधवसहित वरिष्ठ नेता वेदुराम भुसाललगायतका नेताहरूबीच छलफल भएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस