राष्ट्रपति भवनमा हमला, १९ जनाको मृत्यु
काठमाडौं । अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा बोको हरामले ठूलो आतंकवादी हमला गरेको छ ।
हरामले राष्ट्रपति भवनमा अन्धाधुन्ध गोली चलाएपछिको आक्रमणमा १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलले आक्रमणकारीलाई पनि मारेका छन् ।
अल जजिराका अनुसार चीनका विदेशमन्त्री वाङ यीले चाडको राजधानी एनुजामेनामा अधिकारीहरूसँग भेट गरेको केही घण्टापछि सो आक्रमण भएको हो ।
जसमा १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलहरूले राजधानी एनुजामेनामा राष्ट्रपति भवनमा आक्रमण गर्नेहरूलाई लडेको बताएका छन् ।
समाचार अनुसार चाडका विदेश मन्त्री तथा सरकारका प्रवक्ता अब्देरमाने कौलामल्लाहले आक्रमणकारीहरूमध्ये १८ जनाको मृत्यु भएको र ६ जना घाइते भएको बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस