साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार दिन ०.६८ प्रतिशतले घटेर २,६३५.०९ विन्दुमा सीमित भएको छ। बलिया कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४८.५४ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३०८ स्क्रिप्टका १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयरको ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो कारोबार मंसिर २३ पछिकै उच्च हो ।
पुस मसान्तको दबाबले बजार घटेको हुनसक्ने शेयर बजारका विज्ञहरुले बताएका छन् । यो महिना ब्याज तथा कर तिर्नुपर्ने भएकाले लगानीकर्ताले सेयर बिक्री गर्नुपरेको जनाए । उनले आगामी महिनाबाट ब्याजदर न्यून, तरलता प्रचुर र सेयर मूल्य सस्तो भएकाले बजारले सुधार गर्ने विश्वास व्यक्त गरेका छन् ।
समूहगत सूचक
नेप्सेमा सूचीकृत १३ समूहमध्ये होटल समूह मात्र ०.९९ प्रतिशतले बढ्यो। बाँकी समूहहरू सबै रातो देखिएका छन् ।
फाइनान्स समूह: २.९३% गिरावट।
विकास बैंक: २.०४% गिरावट।
लघुवित्त: १.२५% गिरावट।
जीवन बीमा: १.१४% गिरावट।
धेरै कारोबार गर्ने कम्पनीहरू
सुपर मादी हाईड्रोपावर: ४४ करोड ३६ लाख।
सिनर्जी पावर: २८ करोड १९ लाख।
सिन्धु विकास बैंक: २४ करोड ६ लाख।
धेरै कमाउने र गुमाउने कम्पनीहरू
बाराही हाईड्रो र हिमालयन पावर: १०% वृद्धि ।
सिनर्जी पावर: ५.६०% वृद्धि ।
सप्तकोशी डेभलपमेन्ट बैंक: ९.२३% गिरावट ।
माया खोला हाईड्रोपावर: ८.४६% गिरावट ।
लगातार ६ दिन बढेको बजारमा आज नाफा बुकिङ, ब्याज, र कर दबाबका कारण गिरावट देखिएको छ । तर, आगामी महिनादेखि बजारले गति लिने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस