Techie IT

रवि लामिछाने थुनामुक्त हुने सम्भावना कम


काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी बचत अपचलनमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने थुनामुक्त हुने सम्भावना कम छ । 

रविसहित ७ जना प्रतिवादीको थुनछेक आदेश आउँदैछ । कास्की जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बिहीबार नै बहस सकिएपछि आदेश आउने तयारी भएको हो । 

आदेश आउने भएपछि कास्की अदालत वरपर सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यतिबेला अदालतमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । 

अब ७ जना प्रतिवादीलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ । यदि अदालतले रविलाई साधारण तारेख वा धरौटीमा छोडे पनि उनलाई आजै थुनामुक्त गर्ने सम्भावना कम छ । 

किनकि रविविरुद्ध यसअघि नै काठमाडौं, चितवन, रूपन्देहीबाट पक्राउ पुर्जी जारी भइसकेको छ । यस्तो अवस्थामा उनलाई तत्काल थुनामुक्त गर्न अदालत र प्रहरी तयार हुनेछैन । यहीँ बुझेका रास्वपा नेता तथा कार्यकर्ताहरू नर्भस (निराश) देखिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रविसहित नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, पूर्व प्रहरी रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, मीनाका बुबा कृष्णबहादुर गुरुङ र आरती गुरुङ थुनामा छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट