Techie IT

आदेशको पर्खाइमा रवि, सुरक्षा घेरामा अदालत


काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित ७ जना प्रतिवादीको थुनछेक आदेश आउने भएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बिहीबार नै बहस सकिएपछि आदेश आउने तयारी भएको हो । 

आदेश आउने भएपछि कास्की अदालत वरपर सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यतिबेला अदालतमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । 
अब ७ जना प्रतिवादीलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, पूर्व प्रहरी रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, मीनाका बुबा कृष्णबहादुर गुरुङ र आरती गुरुङ थुनामा छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट