इजलासमा रविको हास्यास्पद प्रतिवद्धता, भने– थुनामुक्त गर्नुस्, पीडितको रकम फिर्ता गर्न पहल गर्छु
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न आग्रह गरेका छन् ।
थुनामुक्त गरेमा सहकारीपीडितको रकम फिर्ता गर्न पहल गर्ने पतिबद्धता गरेका छन् । जिल्ला अदालत कास्कीले बोल्ने समय दिएपछि रविले यस्तो प्रतिवद्धता गरेका हुन् ।
‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु । बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । विगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ उनले न्यायाधीशसमक्ष यस्तो प्रतिवद्धता गरेका थिए ।
रविसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाई अदालत लगिएको थियो । उनीहरूको थुनछेक जवाफी बहस सबै सकिएकाले मुद्दाको आदेश आजै आउने सम्भावना छ ।
तपाईको प्रतिक्रिया दिनुहोस