Techie IT

लेखा समिति सभापतिका स्वकीय सचिव पक्राउ


काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । 

एमबीबीएस परीक्षा पास गराई दिने भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नेकपा (एमाले)का मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाई मुक्त गरेका थिए ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी त्यसपछि फरार भएका थिए ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट