खुम्बु क्षेत्रमा भूकम्पका पराकम्पहरू जारी
तिब्बत केन्द्रविन्दु भएर मङ्गलबार गएको ७ म्याग्निच्युडको भूकम्पपछि सोलुखुम्बुको खुम्बु क्षेत्रमा पराकम्पका झट्काहरू निरन्तर जारी छन् ।
बुधबार बिहानदेखि दिनभर विभिन्न समयमा दिङबोचे, थाम्बुचे, लुक्ला, र पैयाँ क्षेत्रमा पराकम्पहरू महसुस गरिएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पराकम्पले स्थानीय बासिन्दामा त्रास बढेको छ, र प्रहरीले सम्भावित सहयोगका लागि स्थानीयवासीसँग समन्वय गरिरहेको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले खुम्बु क्षेत्र तिब्बत नजिक भएकाले पराकम्पको धक्का बढी महसुस भएको अनुमान गरेको छ। स्थानीय बासिन्दा निरन्तर धक्काको कारण घरभित्र छिर्न डराइरहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस