Techie IT

४ जना डिआइजीको पदावधि जोगाउन प्रधानमन्त्रीले बोलाए आफ्नै निवासमा मन्त्रिपरिषद्को आकस्मिक बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

मंगलबार साँझ प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् । 

बैठक सिंहदरबार बस्नुको साटो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । 

यसअघि गत बिहीबार मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको थियो । 

सशस्त्र प्रहरीका चार डीआईजीको एक वर्ष पदावधि थप गर्न गृह मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन छ । 

मंगलबारको बैठकले उनीहरूको पदावधि थपको निर्णय गर्नसक्ने बताइएको छ । 

यदि पदाधि थप नगरे भोलिबाट उनीहरू बिदाइ हुनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट