Techie IT

संविधान संशोधनबाट पछि हच्के प्रधानमन्त्री ओली, भन्छन्– तत्काल सम्भावना छैन


काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तत्काल संविधान संशोधनको सम्भावना नरहेको बताएका छन् । 

आइतबारदेखि बसेको केन्द्रीय समिति बैठकको आज (मंगलबार) अन्तिम दिन ओलीले यस्तो बताएका हुन् । 

उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति र दुईतिहाइ संख्या पुग्ने सम्भावना नभएको भन्दै तत्काल संविधान संशोधनको अवस्था नरहेको बताएका छन् । 

संविधान संशोधनका लागि राष्ट्रिय सहमति हुन नसकेको र संसदमा संख्या अपुग भएकोले संविधान संशोधन सम्भावना नरहेको ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट