जग्गा दान, रावल, उषा र विन्दाको कारबाही फिर्ता लिन ओलीमाथि दबाब
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरूले दबाब दिएका छन् । तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरू दबाब दिएका हुन् ।
उनीहरूले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङबाट लिएको जग्गा फिर्ता गर्न ओलीमाथि दबाब दिएका छन् ।
साथै उनीहरूले एमाले तत्कालीन उपाध्यक्ष भीम रावल, स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथिको कारबाही फिर्ता लिन दबाब दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
नेताहरूले कुनै अमूक व्यापारीले दिने दानबाट पार्टी सञ्चालन हुनु राम्रो नहुने दबाबमूलक धारणा राखेका हुन् । व्यवसायीको दानले पार्टी कार्यालय निर्माण गर्न नहुने धारणा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई राखेका थिए ।
त्यस्तै बैठकमा झपट रावल र प्रकाश शाहले पनि नेतामाथिको कारबाहीमा पुनर्विचार गर्न माग गरेका थिए भने जग्गा दान पनि लिन नहुने धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस