ओली–प्रचण्डको जवाफ कुर्दै नेताहरू
काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।
उनीहरूले केहीबेरमा धारणा राखिसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूले उठाएका सवालको जवाफ दिनेछन् ।
एमाले बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यले बोल्नेछन् । अहिलेसम्म ९८ जनाले आफ्नो धारणा राखेका छन् । त्यसपछि बैठकमा अध्यक्ष ओलीले जवाफ दिनेछन् । र, बैठक समापन हुनेछ ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि १०० जनाले धारणा राखेका छन् भने बाँकी सदस्यहरूको राख्नेक्रम जारी छ । उनको प्रस्तावमाथि सबैको सर्वसम्मत धारणा आएको छ । यसपछि अध्यक्षले सदस्यको जवाफ दिनेछन् । र, आजै बैठकको समापन हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस