भूकम्प अपडेट : तिब्बतमा ५३ जनाको मृत्यु
मंगलबार बिहान काठमाडौंलगायत देशका विभिन्न भू–भागमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
नेपाल–तिब्बत सीमाक्षेत्रमा बिहान ५ः५२ बजे गएको भूकम्प परि ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।
चिनियाँ सञ्चारमाध्यमका पछिल्लो रिपोर्टअनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन् ।
उक्त भूकम्पमा परि सयौँ घाइते भएको र दर्जनौं घर र कार्यालयमा क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस