Techie IT
२०८२ वैशाख ७, आइतबार

काठमाडौँसहित देशभर भूकम्पको धक्का: चीन केन्द्रबिन्दु, ७ म्याग्निच्युडको कम्पन


काठमाडौँ उपत्यकासहित आसपासका जिल्ला र तराईका जिल्लामा समेत आज बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको सिगात्से नजिकैको दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपालबाट झन्डै ३५ किलोमिटर टाढा रहेको थियो । भूकम्पको धक्का काठमाडौँ उपत्यका, आसपासका जिल्ला तथा तराईका केही भागमा समेत महसुस भएको थियो।

भूकम्पको धक्का महसुस हुनासाथ काठमाडौँवासी त्रसित भएर घरबाहिर निस्किएका थिए । बिहानको समयमा भएकाले धेरै मानिसहरू आफ्नो घरभित्रै थिए, जसका कारण थप त्रास फैलिएको हो ।

हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त नभएको भए पनि शक्तिशाली धक्का महसुस भएपछि स्थानीयवासी सतर्क बनेका छन् । भूकम्पका पराकम्पहरू आउन सक्ने भएकाले सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट