पोखरा विश्वविद्यालयको अत्याधुनिक शैक्षिक भवन निर्माण सुरु

पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र अत्याधुनिक शैक्षिक भवनलगायत पूर्वाधार निर्माण सुरु भएको छ ।
४१ करोड ४३ लाख १७ हजार पाँच सयको लागतमा निर्माण हुने संरचनाको आज विश्वविद्यालयका उपकुलपति प्रा डा बेदराज केसीले एक कार्यक्रमका बीच शिलान्यास गरेका थिए ।
भवनसँगै स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका लागि ट्रस संरचना, स्कूल अफ बिजनेसका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतकार्य अघि बढाइने कार्यक्रममा जानकारी दिएका छन् ।
शैक्षिक भवन सात तलाको हुने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया दिनुहोस