Techie IT

यातायातको भाडा ३.३० प्रतिशत बृद्धि, काठमाडाैं–बझाङको भाडा ४४८५ रुपैयाँ


सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मंगलबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.३० प्रतिशतसम्म बढेको छ ।

नयाँ भाडादरअनुसार, काठमाडाैं–बाजुरा रुटमा भाडा सबैभन्दा धेरै वृद्धि भएको छ । ९ सय ४५ किलोमिटरको दूरीमा यात्रा गर्दा यात्रुहरूले सामान्य गाडीमा ३ हजार १ सय ३२ रुपैयाँ भाडा तिर्नुपर्नेछ, जुन अघिल्लो भाडासँग तुलना गर्दा १ सय रुपैयाँले बढेको छ। डिलक्स बसमा यात्रा गर्दा ३ हजार ७ सय ५९ र सुपर डिलक्समा ४ हजार ५ सय १० रुपैयाँ तिर्नुपर्नेछ ।

यसका अतिरिक्त, काठमाडाैं–बझाङ रुटमा ९ सय ४४ किलोमिटरको यात्रा गर्न यात्रुहरूलाई ३ हजार १ सय १५ देखि ४ हजार ४ सय ८५ रुपैयाँसम्म भाडा तिर्नु पर्नेछ। साथै, सुर्खेत–धरान रुटको भाडा २ हजार ५ सय ८४ रुपैयाँ देखि ३ हजार ७ सय २१ रुपैयाँसम्म निर्धारण गरिएको छ।

नेपालगञ्ज–विराटनगर रुटमा भने ७ सय ८९ किलोमिटर यात्रा गर्दा सामान्य गाडीमा २ हजार २ सय ४३ रुपैयाँ भाडा तिर्नुपर्नेछ, भने डिलक्स र सुपर डिलक्समा क्रमशः २ हजार ६ सय ९२ र ३ हजार २ सय ३० रुपैयाँ भाडा लाग्ने छ।

सरकारले बढाएको भाडादर 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट