Techie IT

एमाले–माओवादीमा भूतपूर्वको अभाव र विरोध


काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भूतपूर्वको अभाव र विरोध भएको छ । हिजो (आइतबार) देखि जारी दुवै दलको बैठकमा उनीहरूको अभाव र विरोध भएको हो । 

आज (सोमबार) एमालेको केन्द्रीय समिति बैठकमा यसअघि माओवादी परित्याग गरि एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, लेखराज भट्टलगायतका केही नेताको अभाव महसुस भएको थियो । 

एमाले केन्द्रीय सदस्यहरूले उनीहरूलाई उपेक्षा गरेको बताएका छन् । बैठकमा सहभागी अधिकांश नेताहरूले माओवादीबाट आएकाहरूलाई उपेक्षा गर्नुभन्दा जिम्मेवारी दिनुपर्ने माग राखेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागारमा रहेका निलम्बित सचिव टोपबहादुर रायमाझीबारे प्रश्न उठेको थियो । उनीसँगै पूर्वमाओवादी पृष्ठभूमिका केही नेताले पार्टीमा उचित जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

बैठकमा केन्द्रीय सदस्य परशुराम अधिकारीले पूर्वमाओवादी नेताहरूलाई उपेक्षा गरिएको बताए । उनले भने, ‘अध्यक्ष ओलीनिकट गुट छ, संस्थापनइतरमा पनि गुट छन् । माओवादी छाडेर एमालेमा आएकाहरूको कुनै गुटमा छैन । माओवादीबाट आएकाहरूले जिम्मेवारी पनि पाएनन् । त्यहीकारण कतिपय साथीहरू पूरानै घरतिर जान थाल्नु भएको छ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को विरोध भएको छ । उनी राजनीतिमा फर्कने निर्णयले विरोध भएको हो । 
बैठकको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा आफ्नो धारणा राख्दै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कनुले राम्रो सन्देश नजाने बताए । 

‘उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले राम्रो सन्देश गएको छैन,’ किरातीले बैठकमा भने, ‘१२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट