Techie IT

सचिव लेखराज भट्टको गृहनगरमा ४६ जनाद्वारा एमाले परित्याग


नेकपा (एमाले)का सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिका–२ का ४६ जना संगठित सदस्यहरूले सामूहिक रूपमा एमाले परित्याग गरेका छन्।

पुस ११ गते नगर कमिटी अध्यक्षलाई हस्ताक्षर र संगठित सदस्यता नम्बरसहित राजीनामा पत्र बुझाएर उनीहरूले पार्टी छोडेको घोषणा गरेका हुन् । राजीनामा दिने सबै व्यक्ति सचिव भट्टसँगै नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका थिए ।

पूर्वमाओवादी समूहले राजीनामा पत्रमा एमालेभित्र आफूहरू पटक–पटक अपमानित भएको, राजनीतिक रूपमा अपहेलित महसुस गर्नुपरेको, र गुटबन्दीको परम्पराले काम गर्न कठिन भएको उल्लेख गरेका छन्।

उनीहरूले एमाले नेतृत्व, विशेषगरी महासचिव शंकर पोखरेलले जनयुद्धका बारेमा लगातार प्रहार गरेको भन्दै आफूहरूले यस्तो वातावरणमा बसिरहन असम्भव भएको निष्कर्षमा पुगेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले उक्त सामूहिक राजीनामा सोमबार सार्वजनिक गरेको हो।

यो घटनाले सचिव भट्टको गृहनगरमा एमालेको संगठनलाई झट्का दिएको छ भने यसले पार्टीभित्र गुटबन्दी र असन्तुष्टिलाई पनि उजागर गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट