कांग्रेस सांसदलाई उन्मुक्ति, ३९ निर्धामाथि मुद्दा
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न कांग्रेस सांसद माया राईलाई उन्मुक्ति दिइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले राईलाई उन्मुक्ति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले कांग्रेस प्रतिनिधिसभा सांसद माया राईसहित ४४ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो ।
उनीविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा काठमाडौं जिल्ला अदालतबाट समेत पक्राउ पुर्जी जारी भएको थियो ।
तर, राईसहित ५ जनालाई उन्मुक्ति दिँदै हिजो (आइतबार) अन्य ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरूविरुद्ध ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिकी सहसचिव, जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य र प्रतिनिधिसभाकी समानुपातिक सांसद हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस