Techie IT

माओवादी सदस्यले ३ मिनेटभित्रै भनाइ राख्नुपर्ने


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैटौँ पूर्णबैठक बसेको छ । हिजो (आइतबार) देखि सुरु भएको बैठक आज (सोमबार) पनि जारी छ । 

आजको बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ ।

छलफलमा केन्द्रीय सदस्यहरूलाई आ–आफ्नो धारणा राख्न तीन–तीन मिनेट समय उपलब्ध गराइएको छ । इच्छुक सदस्यले आफ्नो नाम टिपाएर बोल्ने गरेका छन् । 

विगतमा माओवादीले राजनीतिक प्रतिवेदनमा समूहगत छलफल गर्ने गरेपनि यसपटक सिधै बोल्न दिइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट