एमाले बैठक : १ केन्द्रीय सदस्य ३ मिनेट, विवादित धारणामा रोक
काठमाडौं । नेकपा (एमाल)को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको हो ।
बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।’
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बाँकीले आज राख्नेछन् ।
आइतबारको बैठकमा केही सदस्यले भीम रावललाई पार्टीबाट निष्कासन, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको ६ महिने निलम्बनबारे विवादित धारणा राखेका थिए । तर, आजको बैठकमा उक्त धारणा राख्न नपाइने स्रोतले बतायो ।
तपाईको प्रतिक्रिया दिनुहोस