Techie IT

शंकरदेवमा विद्यार्थी नेतामाथि आक्रमण, अखिल (क्रान्तिकारी)को चेतावनी: अराजकता स्वीकार्य छैन


शंकरदेव क्याम्पसमा स्ववियु सभापति सुसान्त बस्नेतद्वारा अखिल (क्रान्तिकारी) शंकरदेव क्याम्पस अध्यक्ष शंकर प्याकुरेलमाथि भएको हातपातप्रति अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समितिले कडा आपत्ति जनाएको छ।

सभापति बस्नेतमाथि मिरिटभन्दा बाहिरका विद्यार्थीलाई भर्ना गराई लाखौं रुपैयाँ हिनामिना गरेको गम्भीर आरोप लागेको छ। अखिल (क्रान्तिकारी)ले यो विषयमा क्याम्पस प्रशासन र त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएपछि विश्वविद्यालयले अनियमित भर्नाहरू रद्द गर्दै मेरिटका आधारमा भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

विद्यार्थी अधिकारको पक्षमा क्याम्पसमा काम गरिरहेका अध्यक्ष शंकर प्याकुरेलमाथि सभापति बस्नेतले ज्यान मार्ने उद्देश्यले हातपात गरेको अखिल (क्रान्तिकारी)ले आरोप लगाएको छ। यो आक्रमण विद्यार्थीको अधिकारको संरक्षणका लागि संघर्षरत संगठनमाथि प्रहार हो र स्ववियु सभापतिको पदको गरिमा र जवाफदेहिता पनि कमजोर पारेको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारीेले बताएका छन् । यस घटनाको अखिल (क्रान्तिकारी)ले कडा निन्दा गर्दै निम्न माग राखेको छ:

  • विद्यार्थीको हकहितमाथि प्रहार गर्ने दोषीलाई कडा कानूनी कारबाही गर्नुपर्ने ।
  • मेरिट प्रणाली सुनिश्चित गरी शैक्षिक संस्थामा पारदर्शिता कायम गर्नुपर्ने ।
  • क्याम्पसभित्र शान्तिपूर्ण र न्यायपूर्ण वातावरण सिर्जना गर्नुपर्ने ।

अखिल (क्रान्तिकारी)ले विद्यार्थीको अधिकार र न्यायका लागि निरन्तर लड्ने प्रतिबद्धता दोहोर्याएको छ। 

शैक्षिक प्रणालीमा पारदर्शिता र विद्यार्थीको विश्वास कायम राख्नका लागि यस घटनाको निष्पक्ष छानबिन गर्दै न्याय सुनिश्चित गर्न क्याम्पस प्रशासनले आवश्यक पहल गर्नुपर्ने अखिल (क्रान्तिकारी)ले माग गरेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट