सहरमा एमालेको आकर्षण घट्दै, ओली चिन्तित
काठमाडौं । नेकपा (एमाले)ले सहरमा लोकप्रियता गुमाएको बताएको छ ।
आज (आइतबार) दिउँसोबाट सुरु भएको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सहरी क्षेत्रमा एमालेको लोकप्रियता गुमेको बताएका हुन् ।
उनले संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन परिणामप्रति सन्तुष्टि जनाउँदै ओलीले सहरी क्षेत्रमा लोकप्रिया एवं मत खस्केको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु, कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरी क्षेत्रमा जनमत अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गंभीरतापूर्वक लिनु पर्छ,’ ओलीले भने, ‘आफूले विजय हासिल गरेका ठाउँमा पार्टी र जनप्रतिनिधिले थप मेहनत गर्नुपर्ने र स्थानीय निर्वाचनबाट शिक्षा लिनुपर्छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस