केन्द्रीय सदस्यहरूको विरोधको भयले भीम रावल, विन्दा र उषामाथिको कारबाही पारित
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाही पारित गरेको छ ।
आज (आइतबार) दिउँसोबाट सुरू भएको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
पोखरेलले सचिवालय बैठकका निर्णयहरू अनुमोदनका लागि पेस गरेका थिए । सचिवालयका निर्णयहरू केन्द्रीय समिति सदस्यहरूले अनुमोदन गरेका छन् ।
जसअन्तर्गत गत पुस १० को सचिवालय बैठकले नेता भीम रावललाई संगठित सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको थियो भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बनको निर्णय गरेको थियो ।
बैठकमा केन्द्रीय सदस्यहरूले बोल्न नपाउँदै भीम रावल, विन्दा र उषामाथिको कारबाही पारित गरेको भन्दै गुनासो गरेका छन् । सचिवालयको यो निर्णयमा असन्तुष्ट रहेका केन्द्रीय सदस्यहरूले प्रश्न उठाउन सक्ने भएकोले केन्द्रीय सदस्यलाई बोल्न समय दिनुअघि नै महासचिव पोखरेलले सचिवालय बैठकका निर्णय पेस गरेका थिए ।
एमालेले केन्द्रीय सदस्यहरूलाई ३ मिनेट धारणा राख्न दिने समय निर्धारण गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस