Techie IT

एन्फा यु–१६ फुटबल : फ्रेन्ड्स क्लब विजयी


काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले समान १–१ गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । खेल सुरुआती मिनेटमा नै फ्रन्ड्सका रिहानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । 

खेलको २२औँ मिनेटमा दिवानले गोल गर्दै फ्रेन्डसको अग्रता दोब्बर बनाएका हुन् । त्यसपछि खेलमा थप गोल हुनसकेन र अन्तत फ्रेन्ड्सले सातदोबाटोमाथि २–० गोलअन्तरले जित निकालेको हो ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट